विश्वको सर्वाधिक धनीमा बर्नाड

काठमाडौं । अमेजन मालिक जेफ बेजोसलाई पछि पार्दै फेसन कम्पनी लुइस भ्यूटनका मालिक बर्नाड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल हुनुभएको छ ।

विश्वका धनाढ्यको सूची राख्ने फोर्ब्स म्यागजिनको सर्वाधिक धनीको सूचीमा फ्रान्सका ७२ वर्षिय आर्नल्ट लुइस भ्यूटन सूचीकृत हुनुभएको हो । सेफोरासहित ७० वटा ब्रान्डका मालिका बर्नाडको १९८ दशमलव २ बिलियन डलर सम्पति पुगेपछि विश्वकै सर्वाधिक धनी व्यक्तिमा दरिनुभएको छ ।

बेजोसको सम्पत्ति १९४ दशमलव ९ बिलियन डलरसहित धनीको सूचीमा दोस्रो स्थानमा झर्नु भएको छ । विश्वको तेस्रो धनीमा १८५ दशमलव ५ बिलियन डलर सम्पति भएका इलोन मस्क र १३२ बिलियन डलरसहित चौथो स्थानमा बिल गेट्स रहनुभएको छ ।

Back to top button