प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा २–२ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचा, उर्लाबारी र बेलबारीमा ३–३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको हो ।

झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, विर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७–७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १,स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखियो ।

पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, शहिदभूमीमा २, चौवीसे र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button