यात्रु बाहक बसले सडकमा रोकिएको ट्रकलाई ठक्कर दिदा ८ जना घाइते

विराटनगर । सडकमा रोकिराखेको ट्रकलाई यात्रु बाहक बसले ठक्कर दिदा ८ जना घाइते भएका छन् । धरान–धनकुटा सडक खण्डको पात्ले खोलानजिक आज बिहान सडकमा रोकिराखेको को१ख ४२२८ नम्बरको ट्रकलाई काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा५ख ५६२४ नम्बरको यात्रु बाहक बसले ठक्कर दिदा ८ जना घाइते भएका हुन् ।

गम्भीर घाइतेलाई वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र अन्यको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बाक्लो हुस्सुका कारण रोकिराखिएको ट्रक नदेखिएर ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले बस चालक अभिलास भुजेललाई नियन्त्रणमा लिएको छ ।

Back to top button