एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । स्थायी कमिटीले केन्द्रीय कमिटीमा पेस गर्ने एजेण्डा तय गर्ने एक नेताले बताउनुभयो । बिहान ११ बजे सुरु हने स्थायी कमिटीले एजेण्डा तय गरेपछि दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

पार्टी एकता प्रक्रिया अन्तिम चरणमा रहेको अवस्थामा अध्यक्ष ओलीले बोलाएको बैठकलाई अर्थपूर्ण मानिएको छ । यसले पार्टीको महाधिवेशन केन्द्रीत विषयमा निर्णय लिनेछ । एमालेले भदौ अन्तिम साता पार्टीको बिधान महाधिवेशन बोलाएको हो ।

Back to top button