‘तपाईंको मास्क खोई ?’अभियानमा ५ लाख बढीलाई मास्क वितरण

काठमाडौं । कोभिड—१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले थालेको ‘तपाईंको मास्क खोई ?’ अभियानमा हाल सम्म ५ लाख बढीलाई मास्क वितरण गरेको छ ।

गत बैशाखबाट शुरु गरेको अभियानमा ५ लाख ३७ हजार ७ सय ४९ जनालाई निशुल्क मास्क वितरण गरेको हो ।

पछिल्लो २४ घण्टामा मात्र १० हजार ७६ सय जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कोभिड — १९ को जोखिम न्युनिकरणका लागि मास्क नै पहिलो उपाय भएकोले सचेतनाका लागि नेपाल प्रहरीले यो अभियान थालेको हो ।

नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको ले संक्रमण रोक्न नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ अभियान चलाएको हो ।

नेपाल प्रहरीले देशभर कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ६१ जनालाई १६ हजार १ सय रुपैयाँ जरिवाना गरेको छ ।

अभियानमा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३ हजार ७ सय १७ जनालाई रोकी मापदण्ड पुरा गर्ने सर्तमा छोडिदिएको छ ।

Back to top button