ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन : सांसद खिमलाल

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली राजनेता भएकोले कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ ।
आज राष्ट्रिय सभा बैठकमा र अध्यक्ष अ‍ोली राजनेता भएकै कारण सरकारबाट बाहिरिए पनि नेपाली राजनिती उहाँकै बरिपरि घुमेको बताउनुभयो ।
उहाले भन्नुभयो— सडक,सदन र सरकारमा ओलीकै विचारबाट चलेको छ, ओली प्रतिनै सबैको आस भएकोले ओली पुनः सत्तामा फर्किने छन,कसैले पराजित गर्न सक्दैन ।’

कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताएका भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको बताउनुभयो ।

‘केपी ओली बालुवाटार छाडेर बालकोट गएपनि राजनीति उहाँकै वरिपरि घुमेको सासद भट्टराइको भनाई छ । उहाले सरकार बन्न नसक्नुमा केपी ओलीकै फोबिया रहेको दावि गर्नुभयो ।

उहाले कांगे्रस अहिले दयनिय स्थितीमा रहेको बताउनुभयो । उहाले गणितीय हिसावमा अर्को दलको पद घट्दा कांग्रेसले उचाई बढेको महसुस गरेपनि विचारधारात्मक हिसावले कंग्रेस मृत अबस्थामा रहेको भन्दै विपिको राष्ट्रियता, प्रजातन्त्र समाजबाद कांग्रेसको विचारधारा भएपनि विपी संगै त्यो मरेर गएको बताउनुभयो ।

सरकारले लिम्पीयाधुराका विषयमा नबोलेको , तुइनबाट झरेर जनता मरिरहदा नबोलेको ,सुकुम्बासी समस्या समाधान आयोग विघटन गरेर भुमिहिनको मौलिक अधिकार हनन् गरेकोले पनि कांग्रेस को विचार शुन्य भएर मृत सरह भएको आरोप लगाउनुभएको हो ।

Back to top button