सरकारलाई धामीको अवस्थाबारे यथार्थ जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा महाकाली नदी तर्दा बेपत्ता भएका जयसिँह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

गत साउन १५ गते महाकाली नदीमा तुइन तर्दै गर्दा एसएसविले तुइन काटिदिएपछि बेपत्ता भएका धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

उहाँले आफ्नो पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसबारे प्रतिधिसभालाई जानकारी गराउन रुलिङ गर्नुभएको हो ।

उहाले भन्नुभयो–‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ । यसमा मेरो पनि ध्यानाकर्षण भएको छ । सत्यतथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

Back to top button