अध्ययन भन्छन्ः मेरील्याण्ड कलेज व्यवस्थापनका लागि उत्कृष्ट

विराटनगर । शैक्षिक क्षेत्रको हबका रुपमा रहेको प्रदेश १ को राजधानी विराटनगरका शिक्षणसंस्थाले देशभरबाट नै उत्कृष्टता हासिल गर्दै आएका छन् । यी नै उत्कृष्ट शिक्षण संस्थाहरु मध्ये विराटनगरको मेरील्याण्ड कलेज पनि एक हो ।

कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरुको पहिलो रोजाई नै मेरील्याण्ड कलेज हुने गरेको छ । अझ पछिल्ला केहि अध्ययनले मेरील्याण्ड कलेजलाई देशकै उत्कृष्ट १० भित्र रहेको देखाएपछि यहाँ विद्यार्थीहरुको चाप निकै बढेको छ ।

एजुकेशन सन्सार नामक न्यूज पोर्टलले नेपालका टप १० मावि भन्ने शिर्षकमा समाचार लेख्दै विराटनगरको टप ७ मा रहेको उल्लेख गरेको छ ।

यस्तै केन्द्रबिन्दु न्यूज पोर्टलले बेस्ट २५ प्लस टु शिर्षकमा समाचार लेख्दै मेरील्याण्ड कलेजलाई अध्ययन अनुशार टप ९ मा रहेको उल्लेख गरेको छ । त्यसो त व्यवस्थापन संकायका लागि निरन्तर उत्कृष्ट छवि कायम राख्दै आएको शिक्षण संस्था हो ।

अझ यस्ता अध्ययन सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकको आकर्षण थपिएको छ । एसईईको परिक्षाफल प्रकाशित भएसँगै अहिले सयौंको संख्यामा विद्यार्थी र अभिभावक मेरील्याण्ड कलेज पुग्ने गरेका छन् ।

मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल भने अध्ययनले देखाएका यस्ता मापनले आफूहरुलाई उर्जा थपिने गरेको बताउनुहुन्छ । उहाँले तर उत्कृष्टतालाई कायम राख्न भने विद्यार्थी, शिक्षक, कलेजको व्यवस्थापन सँगै अभिभावकहरुको भूमिका रहेको बताउनुभयो ।

‘विद्यार्थीको मेहनत र शिक्षकको लगनशिलता नभए उत्कृष्टता कायम हुनै सक्दैन,’ प्रिन्सिपल ढकालले भन्नुभयो‘त्यसमा अभिभावक र कलेज व्यवस्थापनलगायतका सरोकार राख्ने सवैको भूमिका महत्वपूर्ण छ ।

मेरील्याण्डले उत्कृष्ट शैक्षिक वातावरणसँगै खेलकूद र अन्य अतिरिक्त कृयाकलापलाई पनि उसैगरि प्राथमिकता दिँदा विद्यार्थीको पहिलो रोजाईमा पर्ने गरेको हो ।

Back to top button