कुटाकुट गर्दा एक जनाको मृत्यु, एक जना घाईते

ओखलढुंगा। ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे मा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन ।
चित्रेका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भई कुटाकुट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको हो ।

राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको लागि ल्याइएकोमा पासाङको मृत्यु भएको हो ।

घाइते आङगुबु शेर्पाको अस्पतालमानै उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Back to top button