पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई अरनीको कलेजको सम्मान

विराटनगर । विराटनगर स्थित अरनिको कलेजमा अध्ययन गरी उच्च शिक्षाका लागि पुर्ण छात्रवृतिमा विभिन्न कलेजमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको छ ।

आज कलेजले आफ्नै प्राङगणमा सम्मान कार्यक्रमको आयोजना गरी विद्यार्थीको उच्च शिक्षा र उज्वल भविश्यको कामना गरेको हो । अरनीको कलेजलले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको हो ।

अरनिको कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले यस बर्ष नेपाल तथा भारतका विभिन्न कलेजहरुमा एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकाय तथा नाथम तर्फ पुर्ण छात्रवृति पाएका हुन ।

कलेजले एमबिबिएस र बिडिएसतर्फमा १९ जना, इन्जिनियरिङ्गतर्फ ५ जना, कृषि तथा वनविज्ञान संकाया तर्फ ४ जना र नाथम तर्फ २ जनालाई प्रति विद्यार्थी नगद ५ हजार रुपैयाँको साथै कदर पत्रले सम्मान गरेको थियो ।

यसरी एमबिबिएस तथा बिडिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमा सागर मण्डल, उत्सा मुल्मी, रुपेश चौरसिया, आदित्य रिमाल, आरिफ खान, आस्मा शर्मा, प्रज्वल खनाल, आभाष गौतम, आयूष निरौला, समिर प्रसाइ, हेमा इसार, सार्थक ढुंगना, कृष्ण मण्डल, प्रतिष्ठा रेग्मी, भिक्टर माखिम, आरती कुमारी दास, कुुसम साह, पुनम साह, बिवेक कुमार मण्डल, रिया बस्नेत रहनुभएको छ ।

यस्तै इन्जिनियरिङतर्फ हेमन्त पञ्चारीया , सन्तोष कुमार साह, एलिना पराजुली, महमद अनवर मन्सुरी र अतुल कर्ण रहनुभएको छ ।

यसैगरि कृषि तथा वन विज्ञान संकायतर्फ गौरी शंकर गुप्ता, प्रार्थना सिलवाल, निरज मण्डल र देव कुमार महतो र नेपाल एकेडेमि अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(नाथम)तर्फ एल्सन राई र श्रृती राजवंशीले पुर्ण छात्रवृति पाउनुभएको हो ।

कलेजका प्रिन्सिपल राजेश कार्की, अध्यक्ष लक्ष्मी अधिकारी, संस्थापक संचालकहरू विकास खनाल, निलम अधिकारी, शैलेन्द्र झा, विलास लुइटेल र डा. भबेन्द्र निरौलाले विद्यार्थीहरुको उज्जवल भविश्यको कामना गर्दै सम्मान गर्नुभयो ।

एमबीबीएस प्रबेश परिक्षामा नाम निकाल्न सफल विद्यार्थी सागर मण्डल, उत्सा मुल्मी र आदित्य रिमालले लगनसिल भएर अध्ययनगरेको र अरनिको कलेजमा पढ्ने वाताबरण भएका कारण सफलता हासिल गरेको बताउनुभयो ।

कलेजका प्रिन्सिपल कार्कीले कलेजले गुणस्तीय शिक्षा दिन सधै लागि परेको कारणले विद्यार्थीले सफलता पाएको र यो कलेजका लागि अत्यन्तै गौरवको कुरा भएको बताउनुभयो ।

उहाँले कलेजले गुणस्तीय शिक्षा प्रदान गर्ने कुरामा कुनै कसर वाकी नराख्ने बताउदै कलेजको लगानी विद्यार्थीको सफलता भएको र विद्यार्थीले पनि लगानशिल भएर अध्यउयन गरेका कारण आज यो सफलता हासिल गरेकोमा बधाई दिनुभयो ।

Back to top button