वन विज्ञानको परीक्षा अनलाइनबाट लिइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले साउन ३२ गतेदेखि सञ्चालन हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा बढ्दो कोरोना संक्रमणले स्थगित गरी भदौ तेस्रो हप्ताबाट अनलाइन परीक्षा लिने तयारी गरेको छ ।

पोखरा, हेटौडा क्याम्पस, स्कूल अफ फरेष्ट्रि काठमाडौं र काठमाडौं फरेष्ट्रि कलेजमा वन विज्ञानको स्नातक र स्नात्कोत्तर तहको पठनपाठन हुँदै आएको छ । उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अब घरैबाट यस वर्षको अनलाइन परीक्षा दिन पाउने भएका छन् ।

Back to top button