भौतिक विकास मात्र हैन, युवाको शसक्तिकरणमा ध्यान दिऔं

सरला राई,

शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्था बिचको उमेर समूहलाई जनाउँछ । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशिल समूह हो ।

युवा शक्ति कुनैपनि देशको राजनितिक , आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेको विकसित तथा विकासशिल देशले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको पाईन्छ । यो समूहलाई व्यवस्थित रुपले परिचालन गर्दा समृद्वि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्था रहेपनि देशको राजनितिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तनहरु हुन सकेको छैन ।

युवा शक्ति लाई व्यवस्थित गर्न नितिगत प्रयास हरु हुदै आएपनि व्यवहारिक हिसाबले अथवा ती नितिहरुको कार्यन्वयनको हिसाबले आजसम्म पनि जिउँका तिहुँ नै छ । एकात्मक तथा केन्द्रिकृत शासनप्रणाली अन्तर्गतको शासन व्यवस्थामा मुलुकले शून्यमा निक्कै लामो समय खर्चेको छ । तर पनि त्यो अवधिमा देशको चौतर्फि विकास को मापन गर्ने हो भने साह्रै न्यून देखिन्छ । हरेक लक्षित समूहहरु (महिला, बालबालिका, दलित, जनजाती, अशक्त, जेष्ठ–नागरिक ) ओझेलमै पर्दै आएका छन् । त्यसमा युवा पनि बाहिरिएको अवस्था छैन । युवा शक्तिका लागि पर्याप्त श्रोत साधन थिएन । सिमित भएपनि केन्द्रिकृत गरिन्थ्यो ।

युवा शसक्तिकरणका केहि– केहि गतिविधिहरु सञ्चालन नभएका होईनन तर ,जति भए केन्द्रमै सिमित रहे । ग्रामिण तहसम्म का युवाहरु यस बिषयमा बेखबर नै रहदै आएको देखियो । नेपालमा भएका विभिन्न चरणका सामाजिक आन्दोलनहरु, हरेक राजनिति परिवर्तनहरु ,लोकतन्त्रको स्थापना र संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनाका लागि युवाले गरेको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल सरकारले युवा लाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रुपमा स्थापित गर्दै उनिहरुको आधारभुत अधिकारहरुको सुनिश्चित गरि सशक्तिकरणको माध्यमबाट सामर्थ्यवान ,उद्यमशिल, सिर्जनशिल र सकरात्मक सोंच युक्त युवा तयार गर्नमा जोड दिँदै विशेष संवोधन गर्नुपर्ने देखिन्छ ।

पढेलेखेका शिक्षित युवाहरु हातमा प्रमाण–पत्र लिएर बेरोजगारी भएर बसिरहेका छन् । हातमा सीप भएका युवाहरु लगानी गर्ने पुँजी र काम (सेवा) गर्ने ठाउँ नभएर बसिरहेका छन् । आफुसँग केही नभएका युवाहरु दिनानुदिन कुलत र दुर्व्यसनीमा फसेका छन् ।काम गर्ने तागत छ, ठाउँ छैन । प्रशस्त समय छ तर काम छैन ।

राज्यले युवा लक्षित विभिन्न कार्यक्रमहरुको तर्जुमा गरेको भएपनि स्थानीयस्तरसम्म यसको कार्यान्वयन एकदमै न्यून छ । स्थानीय तहको सिमित स्रोत र साधनले नागरिकको असिमित आवश्यक्ता पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको कारणले युवाका लागि ठोस नीति र कार्यक्रम बनाएर काम गर्ने अवस्था रहेको देखिदैन । धरै संख्यामा युवाहरुको ईच्छाशक्ति भएर पनि उचित व्यवस्थापन हुन सकिरहेको छैन । पढेलेखेका शिक्षित युवाहरु हातमा प्रमाण–पत्र लिएर बेरोजगारी भएर बसिरहेका छन् । हातमा सीप भएका युवाहरु लगानी गर्ने पुँजी र काम (सेवा) गर्ने ठाउँ नभएर बसिरहेका छन् । आफुसँग केही नभएका युवाहरु दिनानुदिन कुलत र दुर्व्यसनीमा फसेका छन् ।काम गर्ने तागत छ, ठाउँ छैन । प्रशस्त समय छ तर काम छैन ।

त्यसैले यी तिनै किसिमका युवाहरुले सरकारलाई गालिमात्र गरिरहेका छन् । बोल्नेले जत्तिखेर पनि सरकार बिरुद्व बोलिरहेका छन्, लेख्नेले जत्तिखेर पनि सरकारबिरुद्व मात्र लेखिरहेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाईन मिडिया र अन्य सञ्चारका मााध्यममार्फत सरकारको खैरो खनिरहेका छन् । सरकार प्रतिको सकरात्मक बुझाई र दृष्टिकोण कमैमा मात्र भएको पाईन्छ । नैतिकता, ईमान्दारिता, अनुशासन, जवाफदेहिता र सामाजिक उत्तरदायित्वजस्ता विषयहरुमा धरै युवाहरु जानकार भएर पनि अनविज्ञ झैं भएर एकोहोरो असन्तुष्टि मात्र पोखिरहेका छन् ।

वर्तमान अवस्थामा हामी सबैलाई चाहिएको विकास नै हो । समाज रुपान्तरण नै हो । समृद्वी नै हो। तर हामी सबैको ध्यान भौतिक विकास निर्माणतर्फ मात्र केन्द्रित छ । नागरिकको होस, संघ–संस्थाको होस, स्थानीय सरकारका जनप्रतिनिधिको होस, या प्रदेश सरकारको र संघीय सरकारको नै किन नहोस ? सबैको प्राथमिकता बाटो–घाटो र अन्य पुर्वाधार नै हो । सामाजिक र आर्थिक रुपान्तरणकालागि पनि केही प्रयासहरु त हुन थालेका छन् । तर जति भौतिक रुपान्तरणमा जोड छ, त्यति अरु क्षेत्रमा छैन ।

अबको मुलुकको आवश्यक्ता आर्थिक शसक्तिकरणको नै हो । संघीय सरकार र प्रदेश सरकारले आफ्नो निति कार्यक्रम तथा बजेटमा युवा लक्षित कार्यक्रमहरु बनाएको छ । निर्धारित कार्यक्रमहरु नीतिसंगत र विधिसंगत कार्यन्वयन गर्ने हो भने केही मात्रामा युवाहरु समेटिने देखिन्छ । त्यो भन्दा पनि अलि ठूलो ‘भोल्युम्’ मा युवा लक्षित ठोस कार्यक्रम ल्याएर श–सर्तरुपमा स्थानीयस्तरमा पठाउने हो र स्थानीय सरकारले पनि आर्थिक शसक्तिकरणलाई मुख्य प्राथमिकतामा राखि ठोस कार्यक्रम बनाउन आवश्यक छ । साथै त्यसलाई पूर्ण प्रभावकारी कार्यन्वयन गर्ने हो भने सबै युवाहरु संगठित भै क्रमशः उद्यमी र वयवसायी बन्दै जानेछन् ।

ठोस कार्यक्रम बनाएर काम गर्न शुरु गर्ने हो भने सबै युवा जमात पनि तत्पर हुने कुरामा दुई मत छैन । साना, ठूला र मझौला व्यवसाय गर्ने थालेपछि आर्थिक रुपले शसक्त हुँदै जाने निश्चित छ । सँगै त्यसले समाजरुपान्तरणका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । स्थानीयस्तरको अर्थतन्त्र समेत बलियो हुँदै जानेछ । यसरी सवै युवापुस्तालाई उद्यम र व्यवसायसँग जोड्ने हो भने बिकृती र विसंगति पनि क्रमशः ह्रासोन्मुख हुने निश्चित छ ।

वर्तमान युवाको अवस्थाको सन्दर्भमा तीनैतहको सरकारले विशेष महत्व दिनुपर्ने देखिन्छ । सबैभन्दा नजिकको सरकार भएकाकारणले स्थानीय तहको सबै जनप्रतिनिधि र सबै क्षेत्रका नेतृत्व वर्गको सोंच आर्थिक रुपान्तरण र युवा व्यवस्थापनकालागि सकारात्मक हुनु जरुरी छ ।

वर्तमान युवाको अवस्थाको सन्दर्भमा तीनैतहको सरकारले विशेष महत्व दिनुपर्ने देखिन्छ । सबैभन्दा नजिकको सरकार भएकाकारणले स्थानीय तहको सबै जनप्रतिनिधि र सबै क्षेत्रका नेतृत्व वर्गको सोंच आर्थिक रुपान्तरण र युवा व्यवस्थापनकालागि सकारात्मक हुनु जरुरी छ । सँधै बाटो–घाटो, भवन, पुल, खेल मैदान, सामुदायिक भवन निर्माणजस्ता भौतिक पूर्वाधार निर्माण गर्न मात्र जोड गर्‍यौं भने हामीले चाहेको आर्थिक सम्वृद्विको पाटो जहाँको त्यहिँ हुनेछ ।

त्यसैले तीनै तहका सरकार, सरकारका बिभिन्न अंगहरु, बिभागीय जिम्मेवारी पाएका जिम्मेवार ब्यक्ति, जनप्रतिनिधिहरु अनि सामाजिक अगुवाहरुले अब चाहिँ हाम्रो समाजको सामाजिक गतिविधि र आर्थिक शसक्तिकरणका लागि केन्द्रित हुनैपर्छ । अदम्य साहस, जोस जाँगर, कर्मशिल हात र वैचारिक ज्ञानका भोगी, समाजका बिकृती र विसंगती बिरुद्व अग्रभागमा रहेर काम गर्नसक्ने युवाहरुको उचित व्यवस्थापनलाई जोड दिए पक्कै पनि हामीले चाहेको सुखी नेपाली समृद्व नेपालको नाराले सार्थक्ता पाउनेछ ।

अन्त्यमा सबैमा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ।

                                                                      लेखक : मोरङको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

Back to top button