लुम्बिनीमा कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन दावी पेस

बुटवल। लुम्बिनीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दावी पेस गरीएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गठबन्धन दलले केसीलाई मुख्यमन्त्री बनाउन दावी पेश गरेको हो ।गठबन्धन दलले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको छ ।

निर्वतमान मुख्यमन्त्री शंखर पोखरेलले हिजो राजीनामा दिएपछि नयाँ सरकार गठनका दावी पेस गर्न प्रदेश प्रमुखले दिएको २४ घण्टाको समयसीमा ३ बजे सकिदै छ ।

गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एकरएकजना मन्त्री बनाउने तयारी गरेका छन । मुख्यमन्त्रीको नियुक्ति लगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको माओवादी सचेतक तुलाराम घर्तीले बताउनुभयो ।

पहिलो चरणमा नेपाली कांग्रेसबाट डिल्ली चौधरी, फखरूद्दिन खान, वीरबहादुर रानामध्ये एकजना, माओवादीबाट सुदर्शन बराल, दामा शर्मा र तुलाराम घर्तीमध्ये एकजना र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने चर्चा भइरहेको छ ।

कांग्रेसबाट लेखा समिति सभापति समेत रहनुभएका दाङबाट निर्वाचित डिल्ली चौधरीको चर्चा रहेको छ ।

Back to top button