भुमिहीनहरुले आन्दोलन मार्फत अधिकार स्थापित गर्न आवश्यक

विराटनगर । सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भुमिहीनको अधिकार खोसेको भन्दै अधिकारका लागि संगठित हुन आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाइले आग्रह गर्नुभएको छ ।

सदस्य गुरागाईले विज्ञप्ती जारी गर्दै आयोग खारेजीको विरोधमा देशब्यापी आन्दोलन शुरु हुने भएकोले आन्दोलनमा लाग्न आग्रह गर्नुभएको हो ।

गुरागाइले धनीपुर्जा वितरण गर्ने अन्तिम तयारी भइरहेको समयमा गरिव जनताको मौलिक अधिकार खोस्ने सरकार विरुद्ध आन्दोलन गर्ने भएकोले अधिकार प्राप्तीका लागि आन्दोलनमा सहभागि हुन आग्रह गर्नुभएको हो ।

गुरागाइका अनुसार दशै अगाबै देशभर लाखौ भुमीहीनलाई धनीपुर्जा वितरण गर्ने आयोगको योजना थियो । राजनीतिक स्वार्थका लागि सरकारले भुमिहीनको अधिकार कुन्ठीत गरेकोले अब आन्दोलनको विकल्प छैन । विज्ञप्तीमा आयोग खारेजको औचित्य र आधार प्रस्तुत गर्न चुनौति दिदै सरकारलाई अभिलम्ब आयोग खारेजीको निर्णय सच्याई आयोगले अधि बढाएका कामलाई निरन्तरता दिनुपर्ने उल्लेख गरीएको छ ।

देशभर भुमिहीनका लागि भनेर ८ हजार ३ सय ५४ विगाहा जग्गा समेत नाप नक्सा सम्पन्न भइसकेको थियो । विज्ञप्ती अनुसार प्रदेश एकमा आगामी असोज सम्ममा दश हजार धनीपुर्जा वितरण गर्ने तयारी भएको थियो । प्रदेश एकमा २ लाख ६ सय ५४ बटा फारम भरीएको , १६ हजार ३६ प्रणालीमा प्रविष्ट गरि सकिएको थियो ।

यसैगरी १ हजार विगाहामा जग्गा नापजाच पनि सम्पन्न भएको उल्लेख छ । आयोगले प्रदेशका १ सय ३७ पालिका मध्ये १ सय ३३ बटा संग कार्य सम्पादन समझदारी(MOU) गरेको र १ सय १ बटा पालिकाले ३५ दिने सुचना प्रकाशीत गरी काम अगाडी बढाएको अबस्था थियो ।

Back to top button