मातृमृत्यु दर न्युनिकरणमा चीनको सफलता

काठमाडौ। चीनमा मातृमृत्यु दर घटेको छ ।

चीनले आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । चीन सरकारले आज सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा मातृमृत्यु दर घटेको उल्लेख गरिएको छ ।

चीनमा सन् २००२ मा प्रति एक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा सो घटेर १६.९ प्रतिशत मात्र देखिएको छ ।

यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो ।

सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ ।

मातृमृत्यु प्रतिएक लाखमा मापन गरिन्छ ।

Back to top button