![](https://koshisandesh.com/wp-content/uploads/2021/08/235923563_2037462639738443_759353835596674019_n.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/08/235923563_2037462639738443_759353835596674019_n.jpg)
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आज बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकोले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले अनिवार्य मास्क लगाउने, भिडभाड नगरी कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, सेनिटाइजर लगाउने र साबुनपानीले पटक पटक हात धुनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नगरबासीलाई आग्रह गरेको हो ।
बैठकले, यस अघि नक्सापास नगरी निर्माण भएका घरहरुलाई कानूनमा तोके बमोजिमको शुल्क लिएर नक्सापासको प्रक्रियामा ल्याउने, जिल्लाले तय गरेको दररेट चालु आर्थिक वर्षका लागि लागू गर्ने र चालु आर्थिक वर्षको योजना कार्यान्वय चाँडैबाट अघि बढाउन सुरु गर्नेलगायतको निर्णय गरेको छ ।
मनमोहन गान्धीमार्गलाई ६० फिट चौडाई कायम गर्ने कुरामा पुनः सम्बन्धित सरकारी निकायमा पत्राचार गर्ने पनि निर्णय भएको छ ।