संखुवासभाका एक बृद्ध अफिमसहित पक्राउ, मोरङमा ब्राउनसुगर सहित २ युवा प्रहरी नियन्त्रणमा

विराटनगर । संखुवासभाको खाँदवारी नगरपालिका–७ का ६९ बर्षीय जय चापागाईलाई प्रहरीले लागूऔषध अफिमसहित पक्राउ गरेको छ ।  चापागाईलाई हिजो संखुवासभा प्रहरीले बिशेष सूचनाको आधारमा घरमा लुकाईराखेको अफिमसहित पक्राउ परेको हो ।

चापागाईको घरबाट २ सय ४ ग्राम अफिम बरामद भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले चापागाईमाथि थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

यता मोरङको बेलबारीबाट लागुऔषध ब्राउनसुगर सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वषीएय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाललाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले लक्ष्मीमार्गबाट मगरलाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरमाथि अनुसन्धान गर्दै जाँदा उनले बेलबारीकै लोकबन्धु दर्नालसँग पशुहटियाबाट खरिद गरेको खुल्न आएपछि दर्नाललाई समेत ९ ग्राम ९३ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Back to top button