हाइटीमा ७ दशमलव २ म्याग्निच्यूटको भूकम्प जाँदा ३०४ जनाको मृत्यु

काठमाडौं । हाइटीमा शनिबार बिहान गएको शक्तिशाली ७ दशमलव २ म्याग्निच्यूटको भूकम्पले ३०४ जनाको मृत्यु भएको छ । १८ सयभन्दा बढी सर्वसाधारण घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

हाइटी सरकारले भूकम्पले निकै क्षति पुगेकोले एक महिनो आपतकाल घोषणा गरेको छ । भूकम्पले सर्वसाधारणको घर, होटल, चर्चलगायतका भौतिक संरचना तहसनहस भएको हो ।

अमेरिकन जिओलोजिकल सर्भेका अनुसार भूकम्पको इपिसेन्टर सेन्ट लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको र भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्सका साथै छिमेकी देशहरुमा पनि महसुस गरिएको छ ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंग्रिदै गएको हाइटीमा पुनः अर्को भूकम्प गएकोले अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई आग्रह गर्नुभएको छ ।

Back to top button