राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट २८ खेलाडी छानिए

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणको दोस्रो चरणमा २८ खेलाडी छानिएका छन ।

प्रारम्भीक चरणमा बोलाएका ४५ जना खेलाडीमा ३९ जना सहभागि भएका थिए । सहभागि मध्येबाट २८ जना दोस्रो चरणको प्रशिक्षणका लागि छनौट भएका हुन ।

पहिलो चरणमो प्रशिक्षणबाट १७ जना वाहिरीएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । राष्ट्रिय महिला टोली

एएफसी एसिएन कप छनोटको तयारी गरिरहेका छन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २८ खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा बोलाउनुभएको छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

Back to top button