विराटनगरको सबै वडामा माओवादी गठन

विराटनगर । माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका सबै वटै वडामा समिति निर्माण गरेको छ । माओवादी केन्द्र विराटनगरका सचिव हेमबहादुर कार्कीले महानगरभरि हालसम्म ५ सय ५५ जना समितिमा आबद्ध भएको र ३ सय जना पछि थप गर्ने गरी समिति निर्माण गरिएको बताउनुभयो ।

माओवादीले विराटनगरमा आफ्ना ४ हजार ५ सय साधरण सदस्य रहेको जनाएको छ । कार्कीका अनुसार ३३ जनाको समिति निर्माणा भएको वडा नम्बर १ को अध्यक्ष र सचिवमा चन्द्रबहादुर बन र दिपकप्रसाद रिजाल रहेका छन् ।

यस्तै २ नम्बर वडामा शिवकुमार ठाकुर अध्यक्ष र मिश्रा अधिकारी सचिव रहेको १९ सदस्यीय, ३ नम्बर वडामा राम भट्टराई अध्यक्ष र किशोर पोखरेल सचिव रहेको ३३ सदस्यीय, ४ नम्बर वडामा द्रोणराज घिमिरे अध्यक्ष र रमेशकुमार अधिकारी सचिव रहेको १५ सदस्यीय समिति निर्माण भएको हो ।

विराटनगरको वडा नम्बर ५ को अध्यक्षमा तुलसीराम घिमिरे र बद्रे आलम सचिव रहेको ३४ सदस्यीय, वडा नम्बर ६ मा राजकुमार कामत अध्यक्ष र रवी ठकुरी रहेको ३८ सदस्यीय, वडा नम्बर ७ मा शिव कार्की अध्यक्ष र प्रकाश लुनिया सचिव रहेको २६ सदस्यीय, वडा नम्बर ८ मा जागिर मियाँ अध्यक्ष र खडानन्द बाँस्तोला सचिव रहेको २७ सदस्यीय समिति निर्माण भएको छ । यस्तै वडा नम्बर ९ को अध्यक्षमा मोइनुदिन अन्सारी ९राजा० र सचिवमा सूर्य बराल रहेको २४ सदस्यीय, वडा नम्बर १० को अध्यक्षमा मदन पाठक र सचिवमा केशवकुमार दास रहेको १५ सदस्यीय, वडा नम्बर ११ मा विनोद साह अध्यक्ष र दिनेश पौडेल सचिव रहेको १८ सदस्यीय समिति निर्माण भएको छ ।

वडा नम्बर १२ मा रामकुमार कामत अध्यक्ष र सन्तोष चापागाईं सचिव रहेको २१ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर १३ मा राज कर्ण अध्यक्ष र रामप्रसाद दुलाल सचिव रहेको २९ सदस्यीय समिति निर्माण भएको छ । यस्तै वडा नम्बर १४ मा बौवा तामाङ अध्यक्ष र राजेश यादव सचिव रहेको ३८ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर १५ मा ज्ञानबहादुर विक अध्यक्ष र ध्रुव शाह सचिव रहेको ३० सदस्यीय समिति निर्माण भएको छ ।

यसैगरी वडा नम्बर १६ मा विक्रम माझी अध्यक्ष र धनराज शाह सचिव रहेको ३५ सदस्यीय, वडा नम्बर १७ मा मो. जुनेद मिया अध्यक्ष र मोसिम आलम सचिव रहेको ४५ सदस्यीय, वडा नम्बर १८ मा बासुदेव मण्डल अध्यक्ष र शशिमोद यादव सचिव रहेको ३१ सदस्यीय र वडा नम्बर १९ मा शिवराम थान्दार अध्यक्ष र भरतप्रसाद शाह सचिव रहेको ४४ सदस्यीय समिति निर्माण भएको कार्कीले जानकारी दिनुभयो ।

Back to top button