अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।

प्रचण्डले सामाजिक सञ्जाल मार्फत अफतानिस्तानमा विकसित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउदै अहिले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गर्नुभएको हो ।

‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले सामाजिक संजालमा लेख्नुभएको छ, ‘यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’

हिजो सकिएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पनि त्यहाँ रहेका नेपालीको तत्काल उद्धार गर्न माग गरेको छ ।

Back to top button