कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

विर्तामोड। झापा बाह्रदर्शी गाऊपालिका ७ मा कारको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी बस्ने धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई कंकाईमाई नगरपालिका ८ डेरा बस्ने ३२ बर्षीया सरस्वती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश १ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भई उपचारको लागी वि एण्ड सी अस्पताल लगिएका थियो ।

मगरको अस्पताल पुर्याउनासाथ मृत्यु भएको र घाइते कार्कीको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

दुर्घटना मा संलग्न कार र कार चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको छ ।

Back to top button