काठमाडौं । भारतले इङ्ग्ल्याण्डलाई दोस्रो टेस्टमा पराजित गर्दै १–० को अग्रता लिएको छ । ५ टेस्टको शृङ्खलामा लर्डस मैदानमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५१ रनले पराजित गरेको हो ।
भारतका लागि जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीले इङ्ल्याण्डलाई २७२ रनको लक्ष्य दिएको थियो । इङ्ग्ल्याण्डले १२० रन बनाउँदै अलआउट भएपछि भारतले सहज जित निकाल्यो ।
भारतका लागि मोहम्मद सिराजले ४ , बुमराहले ३, इशान्त शर्माले २ र शमीले १ विकेट लिए । ब्याटिङतर्फ लोकेश राहुलले १२९ रन बनाउँदै म्यान अफ द म्याच भए ।