अफगानिस्तानबाट स्वदेश आए १२७ नेपाली

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन । उनिहरुलाई आज विहान आज काठमाडौं ल्याइएको छ।

अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उद्धार गरीएका नेपाली नागरीक बोकेर जजिरा एयरलाइन्सको विमान कुवेतबाट बिहान सवा १० बजे काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताउनुभयो ।

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो ।

Back to top button