नेता नेपालले आज जनबर्गिय संगठनलाई भर्चुअल सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट नेता कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । नेता नेपाल निकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

पार्टी विभाजन हुने निश्चित प्राय भइरहेको सन्दर्भमा नेता नेपालले आफु निकट संगठनलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

आज दिउँसो चार बजे जुम मार्फत सम्बोधन गर्ने तयारी भइरहेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ । सचिवालयले पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्बोधन गर्न लागेको जनाएको छ।

एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नपक्ष नयाँ पार्टी निर्माणको तयारीमा छ ।  माधव नेपालको आग्रहमा पार्टी विभाजनका लागि सजिलो हुने गरी अध्यादेश ल्याउन सरकारले तयारी गरिरहेको छ।

Back to top button