प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

विराटनगर। मोरङ मिक्लाजुङ गाऊपालिका ३ बाट प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधीTramadol Capsule -२८८२ र Spas pain Tablet – २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button