झापा र मोरङबाट लागुऔषध सहित ९ जना पक्राउ

विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा बिर्तामोडबाट प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई र मोरङबाट प्रतिबन्धीत औषधी सहित ३ जनालाई पक्राउ गरेको हो ।

विर्तामोड ५ स्थित नयाँ बसपार्कबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् । प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनिहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

यस्तै बिर्तामोडबाट ५ जात्रुबारीबाट सोहीठाउबाट २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । यस्तै,बिर्तामोड १ चारपानेबाट प्रहरीले बिर्तामोड १ कि देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट प्रतिबन्धीत औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् ।

उनिहरुको साथबाट प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको र पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

Back to top button