माधव नेपालको पार्टी दर्ता पछि मात्र मन्त्रीपरिषद् विस्तार हुने

काठमाडौं । नयाँ पार्टी दर्ताको तयारीमा रहेका एमाले नेता माधव नेपालको पार्टी दर्ता पछि मात्र बर्तमान सरकारको मन्त्रीपरिषद् विस्तार हुने भएको छ । नेपाल पक्षको पार्टी दर्ता प्रकृया सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएकोेले अझै समय लाग्ने भएको हो ।

नेपाली कांग्रेसका देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूह औपचारिक रुपमै फुट्न बाँकी रहेका कारण मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने भएको हो। बर्तमान सरकार निर्माण गर्न सहयोग गरेका कारण भागबन्डामा नेपाल समुहलाई पनि मन्त्री पद दिनुपर्ने भएकोले नेपाल पक्षको औपचारिक दल दर्ता पर्खिनुपरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गएको असार २९ गते नै राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए लगतै ४ जना र १२ दिनपछि एक जना राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

कांग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीमा नियुक्त हुनुभएको थियो । यसैगरी त्यसको १२ दिनपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको हो ।

गठबन्धनमा रहेको एक दलका शीर्ष नेताले नेपाल समूहले एमाले फुटाएर अर्को दल दर्ता नगर्दासम्म मन्त्रिपरिषद् विस्तार नहुने जानकारी दिएका छन्।

कांग्रेसका सभापति देउवा मुलुकको ४२ औं प्रधानमन्त्री भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सर्वोच्च अदालतले गत असार २९ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेश अनुसार देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

Back to top button