शाही र वलीलाई पदमुक्त नगरेको भन्दै एमालेद्धारा लुम्बिनी प्रदेशसभामा अबरोध

बुटवल । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै सदन अवरोध गरेको छ । एमाले सांसदहरूले रोष्ट्रम घेराउ गरी नाराबाजी गर्दै अबरोध गरेका हुन ।

एमालेले आफूले कारवाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो ।

एमालेले सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि आज पनि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको हो।

Back to top button