अभिनेता लामिछानेलाई पुत्रीलाभ

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको छ ।

आज बिहान लामिछाने दम्पत्तिलाई पुत्रीलाभ भएको हो  । काठमाडौंको ग्रान्डी अस्पतालमा बिहान सात बजे खगेन्द्र पत्नी रोजिना सिटौलाले शिशुलाई जन्म दिनुभएको छ ।

छोरी जन्मीएपछि ‘बा हुनु’को जिम्मेवारीबोध भएको लामिछानेले बताउनुभयो । शिशुको अवस्था स्वस्थ रहेको र पहिलो सन्तान प्राप्तीपछि खुसी भएको लामिछानेले बताउनुभयो ।

Back to top button