![](https://koshisandesh.com/wp-content/uploads/2021/08/Madhav-Kumar-Nepal303.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/08/Madhav-Kumar-Nepal303.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही रोक्न माग गर्दै माधव नेपाल पक्षले आज संसद सचिवालयमा पत्र पठाएका छन्।
नेपाल पक्षका १४ जनालाई कारबाही गरेको भन्दै अध्यक्ष ओलीले हिजो संसद सचिवालयमा पत्र पठाउनुभएको थियो ।
कारवाही गरिएका १४ जना सांसदले आफूमाथिको कारवाही अवैधानिक भएको जिकिर गर्दै कुनै कारवाही नगर्ने व्यवस्था मिलाउन संसद सचिवालयसँग अनुरोध गरेका छन् ।
आज आफूनिकटका नेताहरुसँगको छलफलपछि नेता नेपाल सहित १४ जनाको कारवाही प्रक्रिया रोक्न माग गर्दै सचिवालयलाई पत्र पठाइएको हो । सो पत्र सचिवालयमा पुगिसकेको छ ।