डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी दलको नेता चयन, आज मुख्यमन्त्री बन्दै

काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुत्त हुनुहुने भएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलकै प्रस्तावमा संसदीय दलको नेतामा शाक्य सर्वसम्मत चयन हुनुभएको छ । आजै मुख्यमन्त्री पौडेलले राजीनामा दिने र मुख्यमन्त्री परिवर्तन हुने भएपछि शाक्य मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

नेकपा एमाले प्रमुख सचेतक दीपक निरौला पौडेलअन्तिम क्याबिनेट बैठकका लागि मुख्मन्त्री कार्यालयमा जानुभएको र त्यसपछि प्रदेश प्रमुख समक्ष राजीनामा दिने जानकारी दिनुभयो ।

आजै अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने निरौलाले बताउनुभयो ।

एमालेले दलको नेता परिवर्तनको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको छ । एमाले दलको बैठकमा तीन चारजनाबाहेक सबै सांसद उपस्थित भएको निरौलाले जानकारी दिनुभयो ।

शाक्य नेकपा एमाले बरिष्ठ नेता माधव नेपाल निकट रहेपनि नेपालको पार्टी विभाजन गर्ने कुरामा असहमति जनाउदै नेकपा एमालेमै रहने हुनुभएको हो।

 

Back to top button