अदृष्य शक्तिको कुत्सित चाहना पूरा गर्न एमाले बिभाजन : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अदृष्य शक्तिहरुको कुत्सित चाहना पूरा गर्न एमाले बिभाजन गरिएको टिप्पणी गर्नुभएको छ । पार्टी बिभाजनले कम्युनिष्ट आन्दोलन आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा केही व्यक्तिहरुद्वारा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको भन्दै माधवकुमार नेपालप्रति आक्रोश पोख्नु भएको हो ।

नेता माधव कुमार नेपालले एमाले बिभाजन गरी निर्वाचन आयोगमा नयाँ पार्टी दत्र्ताका लागि निवेदन दिएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केही मानिसहरु कुण्ठा र बदलाको भावनाले पार्टीबाट बाहिरिदैमा पार्टी सम्बद्ध नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

Back to top button