पथरी शनिश्चरेका संक्रमितको घर घरमा स्वास्थ्य सामग्री

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका संक्रमितहरुको घर घरमा पुगेर कारितास नेपाल दमक कार्यालयले स्वास्थ्य सामग्री हस्तान्तरण अभियान सञ्चालन गरेको छ । संक्रमितको घरमा सेनिटाइजर, मास्क, ग्लोब्स, ह्याण्ड वास, पल्स अक्सिमिटर, थर्ममिटर र सिटामोललगायतका औषधी बितरण गरेको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला,वडा ३ का अध्यक्ष डम्बरबहादुर चेम्जोङ, कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्य गिरीराज भट्टराई, वडा २ सदस्य एवम् न्यायिक समिति सदस्य पर्शुराम न्यौपाने, स्वास्थ्य शाखाका कर्मचारी जगतप्रसाद मगर, कारितास नेपाल दमकका प्रतिनिधि गोविन्दराज कट्टेललगायतका टोलीले आज वडा २ र ३ मा स्वास्थ्य सामग्री घर घरमा बितरण गरेका छन् ।

संक्रमितहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी कोरोनासँग जीत्नका लागि प्रोत्साहित गर्न घरदैलो अभियान सुरु गरेको उपप्रमुख विष्टले बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई संक्रमितलाई आगनमा देखेरै पनि उत्साह बढेको अनुभूति भएको बताउनुभयो ।

Back to top button