
काठमाडौं । सत्तारुढ गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले दुई साता अझै सरकारलाई पूर्णता नदिने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच भएको छलफलमा दुई साता अझै सरकारलाई पूर्णता नदिने सहमति भएको हो ।
माधवकुमार नेपालले हिजो मात्रै नयाँ दल निर्वाचनमा आयोगमा दर्ता गरेकोले आयोगले सनाखत गराएर आधिकारिकता प्रदान गरेपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको एक नेताले बताउनुभयो ।