फेरिए बागमति प्रदेशका प्रदेश प्रमुख

काठमाडौं । सरकारले बाग्मती प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

बागमति प्रदेश प्रमुख माधबकुमार नेपाल निकट शर्मालाई नियुक्तिका लागि सिफरिस गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त गरिसकेका छन् । देउवाले अब प्रदेश १ प्रमुख सोमनाथ अधिकारीलाई परिवर्तन गर्ने तयारी गरेको एक नेताले बताउनुभएको छ ।

Back to top button