प्रधान सेनापतिमा नियुक्तिका लागि शर्माको नाम सिफारिस

काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका प्रधान सेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले भदौ ७ गते गाइजात्रा पर्वको अवसरमा काठमाडौं उपत्यका र देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले काठमाडौं– तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५ दशमलव २२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको कार्कीले बताउनुभयो।

Back to top button