प्रदेश १ सहित ५ वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ लगायत ५ वटा प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ । देशभरि सामान्य बदली रही प्रदेश १, बागमति, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

मनसुनी वायुको सामान्य प्रभाव रहेको र न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण रहेको महाशाखाले जनाएको छ । प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले तटीय र पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Back to top button