प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको हो ।

मोरंगको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा ३–३, मिक्लाजुङ र रतुवामाईमा २–२, कटहरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा २३, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनी, हरिनगर, दुहवी र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २–२, फाकफोकथुममा १, पाँचथरको फिदिममा ८, कुम्बायकमा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँघुरीगढी र शहिदभूमीमा १–१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, संखुवासभामा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button