नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका २ बाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको विहार राज्यका अररिया जिल्लाको रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाललाई पक्राउ गरेको हो ।

दुबै जनाको साथबाट प्रहरीले १ सय दरका नक्कली नेपाली नोट १६ थान र विआर५०एस ८४०६ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । दुवैलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Back to top button