राप्रपाका अध्यक्ष थापाद्धारा संयोजकबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल मा आफुने संयोजकबाट राजीनामा दिएको बताउनुभएको हो । राप्रपाको हालै बसेको बैठकले थापाले उक्त समितिको संयोजकको जिम्मेवारी दिएको थियो।

थापाले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई लिन आग्रह गर्नुभएको छ । राणा वा लोहनीले पनि उक्त जिम्मेवारी नलिए पार्टीका कुनै वरिष्ठ नेतालाई जिम्मेवारी दिनुपर्ने थापाको भनाई छ ।

Back to top button