त्रिकोणात्मक सिरिज खेल्न क्रिकेट टोली मंगलवार ओमान जाने

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु का नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने एक दिवसीय सिरिजका लागि टोली घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोली आगामी मंगलवार ओमान जाने भएको छ । तीब्र गतिका बलर गुल्सन झालाई पहिलोपटक राष्ट्रिय टोलीमा सहभागि हुने अबसर प्राप्त भएको छ ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २÷२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्नेछ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ ।

त्रिकोणात्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिन पछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि, खेल तालिका भने सार्वजनिक भएको छैन ।

लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ ।

Back to top button