पिपुल्स भोलेन्टियर्सले गर्यो त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ

काठमाडौं। माधव नेपाल निकट राष्ट्रिय युवा सङ्घ नेपालअन्तर्गतको पिपुल्स भोलेन्टियर्सले काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सफाइ गरेको छ ।

महिनाको दुई दिन दुई घण्टा राष्ट्रका लागि अभियान सञ्चालन गरेको पिपुल्स भोलेन्टियर्सले आज बिहान एक घण्टा त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ गरेको हो ।

पिपुल्स भोलेन्टियर्सले यसअघि काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाइ गरेको थियो ।

 

Back to top button