कांग्रेस जिल्ला सभापतिहरुद्धारा क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनिहरुले सोमवार सम्म सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन ।

वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक उनिहरुले तत्कार सुचि सार्वजनिक गर्न माग गरेका हुन ।

कांग्रेसले भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।जसअनुसार कांग्रेस महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।

त्यस्तै उनीहरुले ७७ वटै जिल्लाका सभापतिहरुको निर्वाचित हुने व्यवस्था समान हुनुपर्ने माग समेत राखेका छन् । कांग्रेसले निर्वाचन निर्देशिकामार्फत एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधिले नै जिल्ला सभापतिमा उम्मेदवारी दिनसक्ने प्रबन्ध गर्दैछ ।

त्यस्तो व्यवस्थाले कांग्रेसमा दुई खाले सभापति चयन हुने भन्दै उनीहरुले विरोध गरेका हुन् ।उनिहरुले जिल्ला सभापति बन्न चाहिने योग्यता सबैतिर समान हुनुपर्ने माग गरेका छन ।

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरिसकेको छ । त्यसमा समाधान हुन बाँकी विषयमा कृष्णप्रसाद सिटौला, डा मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले काम गरिरहेको छ ।

सो कार्यदललाई भदौ ३ सम्मको समय दिइएको भए पनि अहिलेसम्म क्रियाशील विवाद टुंगो लगाउन सकेको छैन ।

Back to top button