सांसदहरुको सनाखतका लागि सभामुखलाई आयोगको पत्र

काठमाडौं । पार्टी फुटाएर दल दर्ताका लागि निबेदन दिएका माधव नेपाल र महन्त ठाकुरले निर्वाचन आयोगमा दिएको निबेदनमा उल्लेखित सांसदहरुको सनाखतका लागि आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।

नेपाल र ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर आयोगले सभामुख सापकोटालाई सोधेको हो ।

माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ मागेको हो ।

सभामुखको जवाफ पर्खिरहेकोले बुधबार सनाखतका लागि बोलाइएकोमा त्यसअघि नै संसद सचिवालयबाट पत्रको जवाफ आउने आयोगको अपेक्षा गरेको एक पदाधिकारीले जानकारी दिनुभयो ।

निर्वाचन आयोग स्रोतका अनुसार माधव नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ ।

Back to top button