सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्चीका ३४ घर जोखिममा परेका छन । मेलम्ची नगरपालिका– ८ केउरानी स्थित खैरेका २७ र छाँयालीका सात घर पहिरोको जोखिममा परेका हुन् ।
पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेको निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएका छन ।
मेलम्ची वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले जोखिममा परेका परिवारलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपरेको बताउनुभयो ।