काठमाडौँ । नेपालबाट विवाह गरेर भारतको बिहार राज्य गएका नेपाली चेलीले जातीय आरक्षण नपाउने भएका छन् ।
त्यहाँको निर्वाचन आयोगले आसन्न पञ्चायत चुनावमा लड्न पाउने भए पनि आरक्षण भने नपाउने जनाएको छ । भारतीयसँग विवाह गरेर नागरिकतासमेत पाएकाले चुनाव लड्न भने पाउने आयोगले जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
साथै आयोगले आरक्षणको सवालमा महिलाको जातको निर्धारण श्रीमानबाट नभइ बुवाबाट मात्रै हुने ठहर गरेको छ । तर, उनीहरूले महिलाको आरक्षण भने पाउने जनाइएको छ । बिहारमा महिलाले ५० प्रतिशत आरक्षण पाउँदै आएका छन् ।
विशेषगरी नेपालको तराई क्षेत्र र सीमावर्ती बिहारलगायतबाट दुवैतर्फ विवाह हुने गरेको छ ।