लुम्बिनी प्रदेशका सभामुखविरुद्ध उत्रिए एमाले

बुटवल । लुम्बिनी प्रदेशका दुई जना प्रदेश सांसदलाई नेकपा एमालेले गरेको निष्कासनको कारबाही अनुसार प्रदेशसभा सचिवालयले पदमुक्त नगरेकोले एमालेसम्बद्ध प्रदेश सांसदहरु सभामुखको विरोधमा उत्रिनुभएको छ ।

एमालेले प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई निष्कासनको कारबाही गरेको कारबाही सभामुख पूर्णबहादुर घर्तीले कार्यान्वयन नगरेकाले एमालेका प्रदेश सांसदहरु विरोधमा उत्रिनुभएको हो ।

स्वतन्त्र राजनीतिक समूहका शाहीले २०७४ सालको प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर र खत्रीले २०७६ मंसिरमा दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित हुनुभएकोले प्रदेशसभा सचिवालयले एमालेमा आवद्धताको विषयमा प्रश्न उठाएको छ ।

Back to top button