मकैबारीमा एक महिलाको शव फेला

बेलबारी । मोरङको बेलबारी नगरपालिका – ११ जुरे स्थित मकैबारीमा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुशार ५८ वर्षीया कविता बुढाथोकीको घर नजिककै मकैबारीमा शव फेला परेको हो ।

बुढाथोकि परिवारका सदस्यबाट अलग भई एक्लै बस्दै आएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । बारीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल पठाइएको छ ।

Back to top button