एमाले सांसदको विरोध विच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै

काठमाडौं । आफुले कारवाही गरेका दुई सांसदलाई पद मुक्त गर्न माग गदै नेकपा एमालेका सांसदहरुले आज लुम्बिनी प्रदेशसभा अबरुद्ध गरेका छन ।

एमालेको विरोधका विच मुख्यमन्त्री कुन प्रसाद केसीले विस्वासको मत लिने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ।

मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

बिहान बसेको प्रदेशसभा बैठक एमालेका सांसदहरुको अबरोध पछि २ वजे सम्मका लागि स्थागित भएको थियो । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन्।

सो बैठकमा केही विधेयकहरु पेश गरी पुन साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी विमला पौडेलले बताउनुभयो ।

सोही बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

Back to top button